नियम ३१
काम कारबाही निषेध गर्न सक्ने
(१) परिषद्ले संरक्षण क्षेत्रभित्र भइरहेको वा हुन
लागेको कुनै कामकारबाहीको कारणबाट संरक्षण क्षेत्रको भू–उपयोग, जनस्वास्थ्य,
प्राकृतिक वातावरण तथा प्राकृतिक स्रोतको संरक्षणमा प्रतिकुल असर परेमा वा पर्ने
संभावना देखिएमा तत्काल त्यस्तो कामकारबाही रोक्न वा निषेध गर्न वा त्यस्तो कार्यमा
सुधार गर्न लिखित आदेश दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइएको आदेशमा के कति कारणले त्यस्तो काम
कारबाही रोक्न वा निषेध गर्न वा सुधार गर्न परेको हो सो कुरा स्पष्ट रूपमा खुलेको हुनु
पर्नेछ ।